[国际联播]是磐城地区复兴中心的复兴活动之一,
是[受灾地区信息发布观光复兴事业]的官方网站。

Menu

Skip to content
  • HOME
  • 关于网站
    • 网站概述
    • 网站政策
    • 查询
  • 日本語
  • 中文
  • 한국어
  • OTHERS
  • LINK
    • REVIVEいわき
    • いわきユニバーサルマルシェ
  • HISTORY
日本語 中文 한국어 Others

SETOGARO

投稿日 2016-9-15

प्रकृतिसँग रमाउने चाहाना बोकेर हिडिरहेको र चाहेर पनि पुरा हुन नसकेको अवस्थामा せとがろको बारेमा जानकारी हु आयो र अत्यन्त उत्सुकताको साथमा せとがろतर्फ लाग्यौ !!पार्किगं बाट लगभग २ घण्टाको ठाडो उकालो, ओरालो गर्दै ठाँउ ठाँउमा लड्दै र उठ्दै गरि उराठलाग्दो गर्मिमा पनि प्रकृति सँग रमाउदै केहि अत्यन्त रमाईला ठाँउको अबलोकन गर्दै एउटा ठुलो झर्ना भएको ठाँउमा पुग्यौ र अत्यन्त थकित अवस्थामा भएकोले केहि क्षण आराम गर्ने सोचले झर्नाको आनन्दमयि आवाज सुनेर बिश्राम गरियो ! झरनाको त्यो कल~कल आवाजले उसैसँग नरमाईकन अधि बढ्न कदापि मन मान्दै मानेन र त्यहि झर्नाको आवाज सँग रमाउने निर्णय गरि उराठलाग्दो गर्मिलाई झर्नाको मुटु काम्ने चिसो पानिले बिदाई गर्दै केहि क्षण नुहाईयो !! नेपाल यस्तै प्राकृतिक सम्पदाले भरिपुर्ण देश भएतापनि समयको व्यस्तता ले भनौ कि अन्य कुनै कारणले, आफ्नै देशको प्रकृतिसँग रमाउने वाताबरण मिल्न सकेको थिएन !! बर्षौ देखिको प्रकृति सँगको रमाउने चाहानालाई जापानमै भएपनि पुरा गर्ने अवसर मिल्यो !! साँच्चै नै अत्यन्त खुषि भएका थियौ हामि सबैजना !! केहि समय नुहाई सकेपछि अत्यन्त थकित भईएको र झमक्क साँझ पनि पर्दै गएकोले त्यस ठाँउभन्दा अघि नबढ्ने निर्णयका साथ हामी आफ्नै बाटो हुदै फर्कियौ र फर्किने क्रममा बाटै रातो हुने गरि लटरम्म पाकेको ऐसेलु देख्दा त झन आफ्नै जन्मभुमिमा भएको आभास हुन पुग्यो र ऐसेलु को स्वादमा रमाउदै साथिभाई हाँसखेल गर्दै आफ्नै बासस्थान तर्फ फर्कियौ !! समग्रमा भन्नु पर्दा त्यस दिनको यात्रा जिन्दगि भरको लागि हुने गरि अत्यन्त मिठो र रमाईलो याद दिएको छ !!

-SICKROSE

img_0748img_0698img_0752img_3656img_3653

Post navigation

← japanese musical band “TAO” “iwaki machi naka concert 2016” →

Facebook

Instagram

サイトポリシー サイト概要 お問い合わせ
文部科学省 平成23年度「大学等における地域復興のためのセンター的機能整備事業」
いわき明星大学×東日本国際大学 福島県いわき地域の大学連携による震災復興プロジェクト