投稿日 2016-10-12
“इवाकी ताइरा माची नाका कन्सर्त २०१६”२०१६ अक्टोबर १,२ मा नामक कार्यक्रम यो बर्ष पनि इवाकी ताइराको बिभिन्न ठाउँहरुमा सम्पन्न भएको छ |जसको म पनि एउटा सहभागी हुँ | जसमा धेरै साङीगितिक समुह र कलाकार हरुको प्रस्तुती रहेको थियो |यो बर्ष इवाकी सि को ५० औ वार्षिक उत्सवको अवसर पारेर उक्त संगीतीक कार्यक्रम गरिएको थियो |इवाकी ताइरा को बिभिन्न ठाउँ हरु इवाकी स्तेशन ,इतो योउकादो ,साकामोतो सितेन जस्ता ठाउँ हरुमा भब्यता को साथ आयोजना गरिएको उक्त कार्यक्रम इवाकी लाई अझै सुन्दर ,शान्त र समब्रिद्द बनाउनको लागि एउटा कोसे ढुङ्गाको रुपमा काम गर्छ जस्तो म आफुले अनुभुती गर्न पाए |उक्त कार्यक्रम आयोजना गर्ने सम्पूर्ण संघ सस्था हरुको यस्तो खालको कार्यक्रम बाट बाट हामी नेपाली हरुले पनि केही सिक्ने कि?