सिरामिजु आमिदादो

DATE 2017-11-29

2017/11/18 गते globle network team बाट इवाकी बाट झन्डै ३० मिनेट गाडीमा चडी फुकुसिमा ईवाकी इस्थित् सिरामिजु आमिदादो भन्ने मन्दिरमा गएको थियौ | सिरामिजु आमिदादो मन्दिर हिराजुमी फुजिवाराले आफ्नो श्रीमानको मृत्यु पछि श्रीमानको सम्झनामा ११६० मा बनाएकी हुन् | यो मन्दिर जापानको महत्तोपूर्ण सम्पतिको रुपमा मानिन्छ | २०११ को सक्तिसाली भूकम्पले मन्दिरमा क्षति पुगेकाले पूनण निर्माण गरी २०१२ मा पूर्ण रुपमा संचालन गरिएको छ | मन्दिरको वरिपरी ताल र पहाडको बिच्मा रहेको छ | येहा शरद् ऋतु मा आउने पर्यटक अरु महिना भन्दा बढि हुन्छन् | शरद् ऋतुमा रुखका पात रंगी-बिरंगी हुदा त्यहाँको दृश्य मनमोहक हुनेगरेको छ | मन्दिर भित्र बुद्धको पाच् मुर्ती अवस्थित रहेको छ |