DATE 2016-9-28
इवाकी सेकितान संग्राहलय मिति2016/9/12 मा इवाकी मा रहेको प्रसिद्द ठाउँहरुमध्य एक एस्तो ठाउँ जहाँ ऐतिहासिक एबम् पुरातात्वीक बस्तुहरु सङ्रह गरि राखिएको प्रसिद्द संग्राहलय सेकितान घुम्ने अबसर प्राप्त भयो| सो अबसर को लागि जापानि भाषा पढाउने मिस [सेन्सेइ ]याबुकी लाई धन्यवाद दिन चाहन्छु सोही दिन याबुकी सेन्सेइ र अरु दुई म्यान्मार का दुई साथीहरुसहित सेकितान भन्ने संग्राहलय घुमियो | सेकितान संग्राहलय मिती अगस्त १९८४ रहेको त्याहा काम गर्ने कर्मचारी हरु बाट थाहा भयो| संग्राहलय भित्र प्रबेस गर्दा सुरुमा सिलिंगमा झुन्डिएका भयानक ठुला डायोनोसोरका अस्थिपन्जर देख्दा साह्रै नै अचम्मित् भय| टेलिभिजन मा हेर्दा र आफ्नै आँखाले देख्नुमा निकै फरक महसुस भयो| त्याहा हामीले अनेक प्रकारका डायोनोसोरका फोटोहरु लिने मौका पायोउ| त्यहाबाट हामी अर्को रुम मा प्रबेस गर्योउ जहाँ पहिलेका मानिसहरुले गर्ने पेसा कोइला खानिको उत्खनन को बारेमा बिभिन्न मुर्ती एबम् कोइला खानि नै लाग्ने गरी चित्रन गरिएको थियो र समय अनुसार का उपकरन मसिन हरुको प्रयोग,मसिन नहुदाको समयमा मानिस हरु ले गरेका दु:ख का बारेमा यथार्थ रुपमा देख्ने मौका पाए| डायोनोसोरको अस्थिपन्जर संग्रह र कोइला खानिको बारेमा जान्ने हो भने यस coal and fossil museum गएर घुम्ने हो भने सबै कुराको खुलस्त जानकारी पाउन सकिने रहेछ| मैले पनि यस संग्राहलय मा घुमेर ईतिहासको बारेमा केही कुरा जान्न पौदा नीकै खुशी भय|