日本の昔ながらの洗濯方法の絵 🇳🇵

DATE 2019-5-29

日本語は下です。

सुनौलो बिहानि अनी पारिलो घाम ,त्यही पारिलो घाम को किरण संगै लच्क्षित गन्तब्य तर्फ को हाम्रो प्रस्थान ।सन्दर्भ 2019-5-18 सनिवार , installation art event नामक कार्यक्रम मा global network plus नामक बिश्वबिद्धालय मा अध्ययनरत बिदेशी बिध्यर्थी हरु को क्लब बाट म र मेरा 3 जना साथि अनि शिक्षिका सहित उक्त कार्यक्रम म सहभागीता जनाउन को लागि प्रस्थान गरेका थियौ ।

कार्यक्रम आयोजना स्थल iwaki शहर को बिचैमा अवस्थित , iwaki station बाट केवल 10 मिनेट को दुरि मा रहेको Iwaki performing art center (Alios) मा पुग्नासाथ कार्यक्रम को पुर्ब तयारी हुदै गरेको दृश्यले हाम्रो अॉखा तान्न पुगेको थियो ।

कार्यक्रम स्थल पुग्नासाथ कार्यक्रम आयोजक प्रख्यात जापानि कलाकार Nishio Yoshinari हाम्रो स्वागत मा गेट सम्म आउँदा उहाँ को सालिनता संगै कार्यक्रम को महत्त्व स्पष्ट झल्किन्थियो ।

सुरुवाती जापानि सभ्यता अनी परम्परागत जापानि मौलिकतामा आधारित सो कार्यक्रममा परम्परागत जापानि कपडा धुने सैलि लाई कला मार्फत चित्रण गर्न खोजिएको थियो ।पुर्व जापानि काल मा कसरी कपडा धोइने गर्दथ्यो र कसरी त्यसको ब्यबस्थापन गर्ने गरिन्थ्यो भन्ने कुरा को जानकारी दिन सो कार्यक्रम को आयोजना गरिएको थियो ।

आजको अत्याधुनिक जापानि युगमा एउटा बटन थिचेको भर मा कपडा धोइने र सुक्ने प्रबिधि को प्रचलन छ ।, येस्तै प्रबिधि म अभ्यस्त भैसकेको जापानि परिवेश लाई यो कार्यक्रम द्वारा परम्परा को चिनारी गराउन र त्यसको जानकारी दिने विषय लाई कार्यक्रम को मुख्य उदेस्य बनाएको पाइयो ।

हामी क्लब का साथि सहित शिक्षिकालाई सो कार्यमा सहभागिता को लागी आयोजक द्वारा जिम्मेवारी प्रदान भए अनुरुप म र मेरा साथी हरु जापानी परिवारिक सद्स्य प्रष्ट झल्काउने गरि Alios को बरन्डामा टाँगीएकाे डोरीमा रोलक्रम संगै कपड़ा टाँग्न सुरु गर्यौ । Alios को ३ तले भवन को दाहिने र देब्रे दुबै भागमा कपड़ा टाँग्दै गर्दा बेला बेला आयोजक बाट प्रदान हुने रोचक जानकारी अनी संगै कपडा टाग्न तल्लिन साथी सगको नंया अनुभव साटासाट ले कार्यक्रम निकै रोमान्चक बनायेको थियो । सम्पुर्ण कपडा हरु टांगिसकेपछी हामिलाई केहिबेर परम्परागत जापानी शैली मा कपडा धुनको लागी आमन्त्रण गरिएको थियो ।सो अवसर लाई सजिलै स्विकार्दै हामी कपडा धुनको लागी प्रयोग हुने काठ बाट बनेको परम्परागत औजार अनी साबुन पानी सहित आयोजक संगै कपडा धोयेर मनोरञ्जन लिन लाग्यौं । लगभग 5 घन्टा सम्म कार्यक्रम मा सहभागिता जनाउँदै विभिन्न अनुभव समेट्दै ,अनी मनोरञ्जन सहित जापानि परम्परा संग आफुलाई नजिक बनाउदै अन्त मा हामी Global network plus को 5 जनाको टोलि आयोजक संग बिदा लियौ ।

– सुरेश परियार

2019年5月18日 朝早く、先生と僕たち留学生4人は、イベントに参加しました。

いわき駅から15分ぐらいの場所にあるIwaki performing art center (Alios) というところに行き、イベントの じゅんびをしました。

そこへ、芸術家のNishio Yoshinari さんがいらしゃいました。日本の昔ながらの洗濯方法の絵を見ました。洗濯機がなかったら、どういうふうに洗濯するのかということが 絵から分かりました。げんざいの日本では、ボタン1つで洗濯したり乾燥したりできますが、むかしどんなに大変だったか、理解できるイベントでした。Global Network+のメンバーは先生からこのプログラムの色々な情報をもらい、参加しました。

洗濯板を使って、せっけんでみんなと一緒に服をせんたくしたりして楽しかったです。 約5時間、そのイベントで色々な経験をして、解散しました。その日から私は、日本の文化が身近に感じられるようになりました。

スレス