ईवाकी १०००० बोट सकुरा प्रोजेक्ट्(मान बोन सकुरा)

DATE 2016-5-27

जापानको फुकुसिमा केन ईवाकिसी नगर क्षेत्रको भ्रमन गर्ने क्रममा म ईवाकिको नाकाकाबेया भन्ने ठाउँमा पुगे । उक्त ठाउँमा ईवाकी मानबोना सकुरा प्रोजेक्ट (१०००० बोट सकुरा)भनेए लेखिएको थियो । सुन्दा पनि एक्दमै रोचक लाग्यो ,मलाई यस प्रोजेक्ट्को बारेमा जान्ने ईच्छा भयो । यसै क्रम्मा उक्त प्रोजेक्ट्को म्यानेजर सँग कुरा गर्ने मौका पाए,
बिपि: नमस्ते मेरो नाम बिपी हो र म हिगासी निप्पोन ईन्टरनेशनल युनिभर्सिटीमा अध्ययनरत छु । मलाई तपाईंको परिचय दिनुहोस्न
सिग: नमस्ते(कोनिचिवा)मेरो नाम सिगा हो र म १०००० बोट साकुरा प्रोजेक्टको म्यानेजर हो ।
बिपी : मलाई यस प्रोजेक्टको बारेमा जानकारी दिनुहुन्छकी ? यस प्रोजेक्ट को उदेस्य क हो प्रस्ट परिदिनुहुन्छ ?
सिगा: सन २०११मा आएको सुनमिले गर्दा फुकुशिमा केन ईवाकिशिका बसिन्दाहरु बिभिन्न प्रकारको समस्याहरु जस्तै; खाने पानी,बिजुली (GAS) खाने कुरा ईत्यदी भोग्नु पर्यो । साथै आणविक बिस्फोटको कारणले गर्दा पनि ईवकी बाट स्थानइय बासिन्दा हरु अन्य ठाउँम बसाइ सर्न थाले त्यसै दौरान्मा धेरै मन्छेहरुको मुखबाट यस ठाउँम अब कहिल्यै पनि फर्केर नाआउने ,यस ठाउँमा आफ्नो मान्छे ,धन सम्पती सबै गुमेएको जस्ता गुनासो सुने, यस्त कुरहरुले मेरो मनमा आफु जन्मेको हुर्केको ठाउँम एउटा प्रकृतिक प्रकोपको कारणले गर्दा चटक्क छोडेर जान नहुने र य्स्को कसरी हुन्छ पुन्निर्माण कार्यहरु गर्नु पर्ने र एउत सुन्दर नमुना शहरको निर्माण गर्नको लागि १०००० बोट सकुरा प्रोजेक्ट को सुरुवात गरेको हो ।
बिपि: यो प्रोजेक्ट कहिलेबाट सुरु गर्नु भयो ?
सिग: यो प्रोजेक्ट हामीले सन २०११सल मे ११ गते बाट सुरु गर्यौ ।
बिपि: यो प्रोजेक्ट कहिले सम्ममा सकिन्छ ?
सिग :: यो प्रोजेक्ट सकिनको लागी २५० बर्ष लाग्छ।
किनभने १०००० बोट साकुरा उमार्न सजिलो छैन ।
बिपि: अहिले सम्मम कती बोट सकुरा रोप्नु भयो ?
सिगा: अहिलेसम्म मा हामीले ३००० बोट सकुरा रोपिसकेको छौ । प्रोजेक्टको २% काम भैसकेको छ । बर्षमा हामीले ४०० बोट देखी ५०० बोट सकुरा रोप्दै आएक छौ
बिपि: साकुरा रोप्ने काम कसरी गर्दै आउनु भएको छ ?
सिगा : काम गर्ने मान्छेहरुको आभबले गर्दा हामीले स्वयमसेवकहरुबाट सकुरा रोप्ने कम गर्दै आएका छौ । जापान भित्रमात्र नभएर जापान बाहिर का देशरुबाट पनि जस्तै; (AMERICA,CANADA,DENMARK) जस्ता देशाहरुबाट आउने गरेका छन ।
बिपि: प्राय कस्ता ब्यक्ती हरु सहभागी हुन्छन ?
सिगा: कामले गर्दा धेरै ब्यक्ती हरु ब्यस्त हुने र फुर्सद्को समयमा आफ्नो ब्यस्त जिवन्बट केहि समय निकल्ने र सुन्दर हावा हरियो रुख हरुसँग रमाउन चाहने , र सकुरा रोप्दै गोद्दै केहि नयाँ सोच बिचार हरुको सिर्जना गर्न चाहने ब्यक्ती हरु यस काम्मा सहभागी हुँदै आएक छन । साथै फुकुशिमा केन बहिरका मनिस हरु बढी आउने गरेका छन । प्राय मनिस हरु आफ्नो मानसिक तनब हटाउन पनि यसकामा सहभागी हुँदै आएका छन
बिपी : यस प्रोजेक्टले EVENT हरु पनि गर्छ ?
सिगा: साकुरा रोप्न गोड्मेल गर्न सहभागिहरुलाई मनोरन्जन गराउनको लागि FOOD FESTIVAL, MUSIC CONCERT जस्ता सानो सानो हरु गर्दै आएका छौ ।
बिपी : अरु के के गर्नु हुन्छ ?
सिगा : १०००० बोट सकुरा प्रोजेक्टको आफ्नै सङ्ह्ह्रलय छ यहाँ आउने ब्यक्ती हरुले सान्त बातावरण म पड्ने र ईवकिसी को बारेमा अझ धेरै जानकारी लिन सक्छन
बिपि: अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सिग: एक ब्यक्ती एक बोट सकुरा भन्ने ईवकी १०००० बोट सकुरा प्रोजेक्टमा सहभागी हौ ।
धन्यवाद ।